एमाले परित्याग गरि सिसहनियाबाट नेपाली कांग्रेसमा प्रबेश

छोटकी सिसहनिया,बैशाख ६ । लुम्विनी प्रदेशको दाङ जिल्ला अन्तरगत राप्ती गाउँपालिका वडा नं ७ को छोटकी सिसहनिया गाउँबाट गंगाराम चौधरी सहित पैतिस जना नेपाल कम्युनिष्ट पार्टि एमाले परित्याग गरि नेपाली काग्रेस पार्टिमा प्रबेश गर्नु भएको छ ।

सोमवार एक कार्यक्रमका विच लामो समय एमालेमा आवद्ध रहनु भएका गंगाराम चौधरी सहित पैतिस जना नेपाली काग्रेस पार्टिमा प्रबेश गर्नु भएको छ भने स्वतन्त्र रहनु भएका बाईस जनाले नेपाली काग्रेस पार्टिको सदस्यता लिनुभएको छ ।

राप्ती गाउँपालिका वडा नं ७ का वडा सभापति विर बहादुर चौधरीको अध्यक्षतामा भएको पार्टि प्रबेश तथा सदस्यता वितरण कार्यक्रममा कुल ५७ जना नेपाली काग्रेस पार्टिमा प्रबेश गर्नु भएको छ ।

दाङ जिल्ला क्षेत्र नं १ का सभापति भेषराज पाण्डेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा पार्टि प्रबेश तथा नयाँ सदस्यता वितरण गरिएको हो । कार्यक्रममा महाधिबेश प्रतिनिधि असोदा चौधरी, हरि भुसाल, विलोचन चौधरी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदी, पुर्व प्रदेश १ क सभापति तारा बहादुर डिसी, पालिका सभापति विद्याशरण चौधरी, उप सभापति स्यामा रावत, भिमलाल चौधरी, नित्यानन्द शर्मा, शान्ति चौधरी, लगायतको सहभागिता रहेको थियो ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv