प्रवासी नेपाली मञ्च टेक्ससको लक्ष्मण घिमिरे सहित १५ सदस्यीय कार्यसमितिले लिए शपथ

टेक्सास,बैशाख १० । प्रवासी नेपाली मञ्च टेक्ससका नवनिर्वाचित कमिटीलाई मञ्चका केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रीय कमिटीको प्रचार विभाग प्रमुख प्रभु थापाले शपथ सहित पदवाहाली गर्नुभएको छ । आईतवार टेक्सासको युलेसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि थापाले सपथसहित पदबहाली गराउनु भएको हो ।

निवर्तमान कमिटीका कार्यवाहक अध्यक्ष चन्द्रमणि पाण्डेको अध्यक्षता र नेत्र पान्डेको सन्चालनमा भएको उक्त पदास्थापन तथा नववर्ष २०७९ को शुभकामना कार्यक्रममा प्रवासी नेपाली मन्च अमेरिकाका सचिव तथा संगठन विभाग प्रमुख कूष्ण प्रसाद लामिछाने सहित संयोजक तथा माहदेश कमिटी सदस्य जिवन जोशी ,सहसंयोजक गोकर्ण दाहल सचिवालय सदस्य जनक राना ,कमल ओझा सहितको पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

नव निर्वाचित कमिटीको अध्यक्षमा लक्ष्मण घिमिरे, उपाध्यक्ष द्वयमा किरण पौड्याल र रूपक खड्का ,सचिवमा राजु नेपाल, सहसचिवमा सदिता प्याकुरेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा तुलसी पौड्याल , मधुसुदन ज्ञवाली, मनोज धिताल, नुरनाथ सुवेदी, कृष्ण भट्टराई, राजेश अधिकारी, भीषण अधिकारी, ज्ञानहरि अर्याल, रञ्जित पौडेल र पवन अर्याल रहनुभएको छ ।

नवनिर्वाचित कमिटीलाई एनआरएन आईसीसी महिला सहकोषाध्यक्ष यमुना भट्टराई,एनसिसि आर सि ,राम्सि पोख्रेल,एएनए अध्यक्ष विजय भट्टराई ,नेजाका अध्यक्ष विकासराज न्यौपाने ,एनआरएन अमेरिकाको उपाध्यक्ष सुमन थापा ,विकास उप्रेति जनसम्पर्क समिति अमेरिकाको उपाध्यक्ष भगवान मैनाली , नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, एनआरएन टेक्सासका अध्यक्ष सोफिन थापा जनसम्पर्क समिति अध्यक्ष ज्ञानेर्न्द्र कार्की जनप्रगतिशिल मन्च टेक्ससको अध्यक्ष राजु सुवेदी,एनएष्टीका पूर्व अध्यक्ष ,कूष्ण लामिछाने ,दिनेश शर्मा, पूर्व च्याप्टर अध्यक्ष भानु खरेल,नेप्लिज सोसाइटी टेक्सास बोर्ड अफ ट्रस्टी का अध्यक्ष तथा युएनए का अध्यक्ष भक्त बहादुर भण्डारी का साथै डा. बासु भण्डारी,शिव काफ्ले लगायतले शूभकामना व्यक्त गर्नुभएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv