मन बिगार्‍यो स्त्री जातैले…’ सार्वजनिक

काठमाण्डौं,बैशाख २३ । विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मन बिगार्‍यो स्त्री जातैले…’ सार्वजनिक भएको छ । ‘मन बिगार्‍यो स्त्री जातैले, तन बिगार्‍यो लोकलको मातैले’ गीतको भिडियो डीआर म्युजिक क्रियशनमार्फत सार्वजनिक भएको हो ।

बाबुल गिरीको सङ्गीत तथा सङ्गीत संयोजन, एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतमा प्रतापदास र रचना रिमालको स्वर छ ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, प्रियना आचार्य र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । अनिता ग्वाचाको शृङ्गार रहेको गीतको भिडियोमा माइकल स्टेप अप आर्ट एण्ड एकेडमीको कोरियोग्राफी छ ।

रोमाटिक शैलीको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको र शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । एउटा फरक स्वादको गीतको भिडियो दर्शकमाझ प्रस्तुत गरेको निर्देशक माइकल चन्दले बताउनुभयो ।

गीतसङ्गीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायका ३३ गीति एल्बमका सयौं गीत र भिडियो दर्शकमा आएका छन् ।

यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’जस्ता उपन्यास पाठकमाझ आएका छन् । कीर्तिमानी गीतकार डा. उपाध्याय दर्जनौ अवार्ड, पुरस्कार बाट सम्मानित हुनुहुन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv