गायिका मीलन नेवारको ’हास तिमी ’सार्वजनिक ( भिडियो सहित )

काठमाडौं,बैशाख २६ ।  युकेमा रहेकी गीतकार गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ’हास तिमी ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायिका मीलन नेवारको रहेको छ भने संगीत लोकप्रिय संगीतकार विक्रम थापाको रहेको छ।

यस गीतलाई विसन मान्धरले संगीत संयोजन गरेका हुन।कुशल श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई कुशल श्रेष्ठले नै सम्पादन पनि गरेका छ्न। म्युजिक भिडियोमा सिर्जना निङलेखु र सन्तोष राई फिचर्ड छन। कुशल श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको हो।

गीतकार गीता गिरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ । यसअघि गीतकार गिरीको शब्दमा समावेश ’ए पहरी फुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv