मतपत्र किन देखाएको ? आयोगको डा.भट्टराईलाई २४ घन्टे स्पष्टीकरण
काठमाण्डौं,बैशाख ३० । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।
गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचार प्रसार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । शुक्रबार पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मतसंकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।