काठमाडौं महानगरपालिको मेयरमा बालेन साहको अग्रता कायमै यस्तो छ ताजा परिणाम

काठमाण्डौ,बैशाख ३१ । काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन् ।

शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसकाे ? बालेनको’ भन्दै नाराबाजी गर्न थालेका हुन् ।

समर्थकहरूले बालेन शाह एउटा अभियान भएको भन्दै उनको अभियानमा आम जनता सहभागी भइरहेको बताएका छन् । बालेन शाहको अग्रताले देशभर नै तरंग ल्याइरहेको उनीहरूको तर्क छ ।

बालेनको अग्रताले अब यसअघिको राजनीतिक संस्कारबाट चल्न नसक्ने प्रमाणित हुने अवस्था आएको उनका समर्थकको भनाइ छ । बालेनले पाएको भोट अन्य राजनीतिक दलका लागि नो भोटसमेत भएको उनीहरूको भनाइ छ ।

अहिलेसम्मका मतगणना अनुसार बालेनले ४३७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ३७५ मत लिएर बालेनलाई पछ्याइरहेका छन् भने २७३ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv