बाल सुधार गृहमा ५ दिने योग शिविर सुरु

नेपालगन्ज,असार २५ । बाँकेको डुडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बाल सुधार गृहमा योग शिविर सुरु भएको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र प्रिजन फाउण्डेसनको सहयोग, जयेन्दु बाल सुधार गृहको समन्वयमा द आर्ट अफ लिभिङ नेपालगन्जले पाँच दिने नव चेतना शिविर सञ्चालन गरेको हो । १९ जेष्ठ २०७९ मा द आर्ट अफ लिभिङले जयेन्दु बाल सुधार गृहमा आयोजना गरेको ‘डिभाइन सेसन विथ स्वामीजी’ विषयक कार्यक्रममा भारतको बैंग्लोर आश्रमबाट आएका स्वामी पूर्णतेज र द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को–अर्डिनेटर मिखा माथेमाले योग शिविर आयोजना गर्ने प्रतिबद्धता जनाए अनुसार नै नव चेतना शिविर सञ्चालन गरिएको हो । आर्ट अफ लिभिङका स्वयंसेवकद्वय शंकरप्रसाद खनाल र सुधीर गौतमले शिविरमा सहजीकरण गरिरहेका छन् । शिविरमा योग, ध्यान, प्राणायाम, अध्यात्मिक ज्ञान, मनोरञ्जनमूलक खेल, सत्सङ, सेवाका कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

सुधार केन्द्रकी इन्चार्ज विमला काउचाले बाल सुधार गृहमा बसेका बालकलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न योग शिविर सञ्चालन गरिएको बताइन् । उनले भनिन्, ‘यो सुधार गृह तपाईहरुको लागि होस्टेल हो । यहाँ शिक्षा, खेलकुद, मनोञ्जनका साथै योग, ध्यान र ज्ञानका साथै सीपमूलक तालिम सञ्चालन गरेर तपाईहरुमा रहेको क्षमता उजागर गर्ने र क्षमता अभिवृद्धि गर्र्ने काम हुनेछ ।’ शिविरमा १२–१८ वर्ष उमेर समूहका ६८ जना बालकहरु सहभागी भएका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv