गृहमन्त्री खाणले प्रतिबद्द्ता पुरा नगरेपछी निहारिका पुन: अनसनमा सर्वोच्च अदालत पुग्दा प्रहरीले लियो नियन्त्रण

काठमाण्डौं,साउन २२ । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित प्रदर्शनरत २० वर्षकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी वृत्त सिंहदबारको टोलीले आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले उनले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिइएको सन्चारकर्मीलाई बताए । उनले भने, ‘निषेधित क्षेत्रमा ब्यानर बोकेर गएपछि नियन्त्रणमा लिइएको हो ।’

राजपुतले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् ।

न्यायको माग गर्दै २७ जेठदेखि सोनाली आमरण अनशनमा बसेकी थिइन् । अनशन बसेकी निहारिकालाई असार ३ गते गृहमन्त्री बालकृष्ण खाँणले न्याय दिलाउने प्रतिबद्धा गर्दै अनशन तोडेकी थिइन् । तर सो प्रतिबद्धा अनुरुप कारवाही नगरेकाले पुन अनशन बसेको उनले बताइन ।

उनको घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।

उनले आफूलाई ‘कुमारी आमा’का रुपमा चिनाउने गरेकी छन् । ‘विगतमा ५ बुँदे मागसहितको पूरा गर्ने झुठो आश्वासन दिएर अनसन तोड्न लगाउने टिमलाई पनि अझ कति दिन कुनुपर्छ ?’ उनले प्रश्न गरेकी छन्, ‘कुमारी आमाहरु मर्नै पर्ने हो ? कि माग पूरा गर कि हाम्रो बाँच्ने अधिकार छैन भनेर जवाफ देऊ ।’

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार  गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।

तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv