टेक्ससमा चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु

अमेरिकाको टेक्सस राज्यमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ कार्ट(गाडी)लाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु भएको छ।

४५ बर्षिय संदिग्ध चालक मिगल एस्पिनोजालाई हाल ग्याल्भेस्टन काउन्टी झ्यालखानामा राखिएको छ । गाल्भेस्टन प्रहरी विभागका अधिकारीहरूले राति ११:३५ बजेतिर उक्त घटना घटे पछि घटनास्थलमा प्रहरीहरु पुगेका थिए । शनिबार र गल्फ गाडी (कार्ट)का वयस्क चालकलाई घटनास्थलमा मृत फेला परेको प्रहरीले जनाएका छन् ।

एक वयस्क महिला यात्रु र दुई बच्चाहरूलाई ग्याल्भेस्टनको बिश्वबिद्यालयको चिकित्सा शाखामा लगिएको थियो जहाँ पछि तिनीहरूको मृत्यु भएको प्रहरीले बताए ।

गल्फ गाडीमा रहेका अर्को वयस्क र बच्चालाई पनि अस्पताल लगिएको छ भने उनीहरूको अवस्था पनि गम्भीर रहेको एबिसीन्यूजले समाचार लेखेको छ ।

अन्वेषकहरुका अनुसार कालो हुण्डाई नामक गाडीका चालक पूर्व दिशामा यात्रा गरिरहेको थिए र रोक्न असफल भए । त्यसपछि उनले उत्तरतर्फ जाँदै गरेको गल्फ गाडी र दक्षिणतर्फ जाँदै गरेको कालो डज भारबाहक सवारी साधनलाई समेत ठक्कर दिएको प्रहरीले जनाएका छन् ।

रोजेनबर्ग, टेक्सासका ४५ वर्षीय संदिग्ध चालक मिगल एस्पिनोजा र हुन्डाई एसयूभीमा सवार यात्रुलाई सामान्य चोटपटक लागेको र उपचार गरी अस्पतालबाट रिहाई गरिएको प्रहरी बिभागले जनाएको छ।

एस्पिनोजालाई मादक पदार्थ सेवन गरी हत्या गरेको चारवटा अभियोग लगाइएको प्रहरीले बताए ।

आफन्तलाई खबर नगर्दासम्म पीडितको पहिचान सार्वजनिक गर्न बाँकी रहेको प्रहरी बिभागले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv