२० वर्षकी निहारिकाले न्याय नपाएको भन्दै राष्ट्रपति भवनअघि शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरिन्

काठमाण्डौ,साउन २८ । राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ परेकी छन् । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै अनसनरत उनले २० वर्षकी निहारिकाले शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेपछि पक्राउ गरिएको हो ।

राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याए पनि उनलाई प्रहरीले त्यासो  हुनबाट रोकेको बतायएको छ । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने माग राख्दै आएकी उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् ।आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv