नेपाल लोक स्टारमा ५० लाख धन राशीको पुरस्कार

काठमाण्डौं २ पुष । नेपाली लोक गायनको रियालिटी शो “नेपाल लोक स्टार” हुने भएको छ । आईतवार अन्नपूर्ण होटेलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक चाहना मिडिया प्रा लि ले उक्त रियालिटी शो बारे जानकारी गराएको हो ।
नेपालको ईतिहासमा पहिलो पटक ठुलो धनराशीको प्रतियोगिता हुन लागेको आयोजक कमिटिले जनायो ।

प्रमुख निर्णायक बरिष्ठ गायक जयनन्द लामाको संयोजकत्वमा संगीतकार बिबी अनुरागी,गायक राम जी खाँण,गायीका सुनिता दुलाल रहने छन ।
अशोक धिताल, पुर्व मिस नेपाल सुबेच्छा खड्का ले प्रतियोगिताको संचालन गर्ने भएका छन । प्रतियोगितालाई नेपाल टेलिभिजन,एपी वन टेलिभिजिन र प्राइम टाइम टेलिभिजनले एकै साथ प्रत्यक्ष प्रसारण गर्ने भएका छन ।

बरिष्ठ पत्रकार ऋषी धमला, बरिष्ठ गायिका बिमा कुमारी दुरा, भद्रगोलका अर्जुन घिमिरे (पाणे) , लक्ष्मी न्यौपाने, रमेश बिजी,लगायतका बक्ता हरुले प्रतियोगिताको शुभकामना दिएका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv