प्रज्ञा गजल महोत्सव हुँदै

काठमाण्डौ,भदौ १२ ।  ‘प्रज्ञा गजल महोत्सव–२०७९’ आयोजना हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५७ औँ जन्मजयन्तीका अवसरमा ‘प्रज्ञा गजल महोत्सव–२०७९’ आयोजना गरिन लागिएको हो ।

प्रज्ञा भवनको सिद्धिचरण सभा हलमा भदौ १२ गते आइतबार बिहान ११ बजेदेखि सुरु हुने ‘प्रज्ञा गजल महोत्सव–२०७९’मा देश तथा विदेशबाट प्रत्यक्ष र भर्चुअलका माध्यमबाट अग्रज तथा नयाँ पुस्ताका गरी करिब ७७ जना गजलकार सहभागी हुनेछन् । महोत्सव नेपाल प्रज्ञा–प्रतिष्ठानको फेसुबक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv