मिस युनिभर्स २०१८ मा नेपालको नाम राखेर फर्किइन मनिता देवकोटा

काठमाडौं,४ पुष । थाइल्यान्डको बैंककमा आयोजना भएको ६७ औं मिस यूनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी २३ वर्षीया मनिता देवकोटाको यात्रा टुङ्गिएको छ । मिस युनिभर्स–२०१८ को उपाधी फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् ।

विश्वभरबाट सहभागी अन्य ९३ प्रतिस्पर्धीलाई पछि पार्दै क्याट्रिओना मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् । फस्ट रनरअप दक्षिण अफ्रिकाकी तमारिन ग्रिन र सेकेन्ड रनरअप भेनेजुयलाकी स्थेफानी गुइटेरेज भइन् ।

थाइल्यान्डको बैंककमा भएको फाइनलमा तमारिन, स्थेफानीसहित पोट्रो रिकोकी कियरा ओर्टेजा र भियतनामकी एचहेन नीलाई पछि पार्दै फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले उपाधी जितेकी हुन् । नेपालकी सुन्दरी मनिता देवकोटा भने टप १० मा पुग्न सफल भएकी छन् । आज मनिता देवकोटा नेपाल फर्किएकी छिन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv