एनएफपिजे नेपालले रच्यो ईतिहास, वरिष्ठ फोटो पत्रकारहरु सम्मानीत (भिडियो सहित)

काठमाडौं असोज ७ ।  छुटै अस्तित्व र ईतिहास बोकेको राष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले आफनो स्थापनाको २५औं वर्षगाँठ भव्यरुपमा काठमाडौंमा एक विशेष कार्यक्रम गरि सम्पन्न गरेको छ ।

सस्थाका अध्यक्ष प्रदिपराज वन्तको अध्यक्षतामा सन्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री उज्यालो नेपालका अभियन्ता जनार्दन शर्मा प्रभाकर र विषेश अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा समूहले कोरोनाको समयमा फोटोपत्रकारहरुले खिचेका फोटोहरुको संकलन गरी लकडाउनमा नेपाल नामक फोटो पुस्तक पनि सार्वजनिक गरेको थियो । उक्त कार्यक्रममा महासचिव नवराज श्रेष्ठले सवैलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो ।

समूहले विभिन्न अवार्डका विधाहरुमा आवेदन खुल्ला गरि पाँच जना नोमीनेशनवाट छनौट गरी फरक फरक विधामा एक एक जना फोटोपत्रकार विजेताहरु चयन गरिएको थियो । विधिन्न विधा अन्र्तरगत नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा तर्फ सुनील सर्मा , खेलकुद फोटोपत्रकारीता विधामा हरिस सिंह नगाल, पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधामा अनन्ता भण्डारी, पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधाका लागि हरि मर्हजन, ग्लोवल आईएमइ बैक आर्थिक फोटोपत्रकारिता विधाका असोक दुलाल, राजनैतिक फोटोपत्रकारिता विधातर्फ नविन वावु गुरुङ, कृषि विकास बैंक स्वतन्त्र फोटोपत्रकारिता विधाका लागि दिपेन्द्र मर्हजनले अवार्ड तथा प्रमाणपत्र प्राप्त गर्नु भएको छ । भने प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड विधा तर्फ प्रदेश नं. १ उत्कृष्ट फोटोपत्रकारिता विधामा गुरु ढकाल, मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि जियालाल प्रसाद साह, बागमति प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा सन्तोष श्रेष्ठ ,गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा प्रेम थापा, लुम्बिनी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा मनोज पौडेल, कर्णाली प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा वसन्त प्रताप सिंह, सुदुरपश्चिम प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा विनोद विष्टले अवार्ड जित्न सफल हुनु भयो भने विजेताहरुलाई अर्थमन्त्री जनार्दन शर्मा र खेलकुलमन्त्री महेश्वर जंग गहतराज अथक वाट अवार्ड तथा प्रमाणपत्र वितरण गरीएको थियो । उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा सस्थाका पूर्व अध्यक्ष मिनरत्न वज्रचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले रहनु भएको थियो ।

उक्त समारोहमा हरिगोपाल फोटोपत्रकारिता पुरस्कार तथा सम्मानवाट साहासिक फोटो पुरस्कारवाट झापाका नेत्रविक्रम विमली ,खेलकुद तर्फ विनय कुमार वानीयाँ, पर्या पर्यटन तर्फ प्रदीपकुमार श्रेष्ठ,संस्कृति सम्पदा तर्फ किरण आचार्य,मनोरन्जन तर्फ अजय मर्हजनलाई वितरण गरिएको थियो भने डिआइजी माधव थापा जोखिमपूर्ण फोटोपत्रकारिता तर्फ अनलाइन खवरका फोटोपत्रकार आर्यन धिमाललाई नगद रु १० हजार सहित प्रदान गरीएको थियो ।

यस वर्षको एनएफपिजे नेपाल लाईफटाईम एचिभमेन्ट एवार्डबाट वरिष्ठ पत्रकार हरिगोपाल प्रधानलाई नगद रु ५० हजार सहित सम्मानगरिएको छ । वहाँले आफुले पाएको नगद रु ५० हजार पत्रकारहरुकै कोषमा राख्ने प्रतिवद्यता सहित उक्त कार्यक्रममा चेक हस्तानतरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सस्थाका सस्थापकहरु लगायत विभिन्न मिडियामा काम गर्नु भएका वरिष्ठ फोटो पत्रकार लगायत नेपालका फोटो पत्रकारहरुलाई पनि सम्मान अर्पण गरीएको थियो । भने राष्ट्रिय फोटो पत्रकार आपतकालीन राहतकोषमा रकम सहयोग गर्ने विभिन्न समाजसेवीहरुलाई पनि प्रसंसा प्रत्र प्रदान गरीएको थियो ।

सस्थाको रजत जयन्तिको अवसरमा सार्क राष्ट्रका फोटोपत्रकार संघलाई निमन्त्रणा गरेता पति यस वर्ष वंगलादेश फोटो जर्नलिष्टका वरिष्ठ उपाध्यक्ष नसिम सिक्दर लगायत १२ जना फोटोपत्रकारको उपस्थिति रहेको थियो भने , अल इन्डीया ओरकीङ न्यूज क्यामेराम्यान एसोसीयनका अध्यक्ष एन. एस. सिन्हाको उपस्थिति रहेको थियो उक्त कार्यक्रममा विदेशी पत्रकारलाई प्रमुख अतिथिवाट सम्मान गरिएको थियो । उक्त अवसरमा वंगलादेशका पत्रकारहरुले खिचेका फोटोहरु पनि प्रर्दशनी गरिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv