राष्ट्रिय खेलकुदका लागि राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं, असोज १२ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले शितल निवासमा निमन्त्रणा पत्र प्रदान गरेका हुन् ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य दीपेन्द्र विष्ट उपस्थित हुनु हुन्थ्यो ।
पोखरा रंगशालामा असोज २८ गते हुने नवौं राष्ट्रिय खेलकुदको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट समुद्घाटन हुने कार्यक्रम अनुसार निमन्त्रणा गरिएको हो ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीलाई राष्ट्रिय खेलकुदका विषयमा हालसम्म भएका कार्य प्रगतिका बारे पनि जानकारी गराइएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv