क्यानडाको क्यालरीमा बसोबास गर्ने नेपालीहरुले मनाए नयाँ बर्ष ‘२०७५’

काठमाडौं , ३ बैशाख । क्यानडाको क्यालरीमा बसोबास गर्ने नेपालीहरुले नयाँ बर्ष मनाएका छन ।

‘नेप्लीज कम्युनिटी अफ सोसाइटी क्यालगरीको कार्यालयमा भेला भएर एक आपसमा शुभकामना आदान प्रदान गरी हर्सोल्लासका साथ मनाइएको हो । उक्त कार्यक्रममा अल्बट्राका ह्युमन सर्भिस मन्त्री माननीय सविन इन्फानको प्रमुख अतिथिमा उपस्थित भई सम्पूर्ण क्यलगरीबासीलाई शुभकामना प्रदान गर्नु भएको थियो ।

नेप्लिज कम्युनिटी अफ सोसाइटी क्यालगरीका अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङ का अध्यक्ष नबिन सुब्बा , नेपाली साहित्यिक समाज क्यालगरीका अध्यक्ष दिपक ढकाल लगाएत अन्य मान्यवरहरुले शुभकामना ब्यक्त गरेका थिए । क्यानडा का लागि नेपाली राजदुत महामहिम काली प्रसाद पोखरेल, अल्बर्टा प्रिमियर रेवल नोट्ली,अपोजिशन लिडर जेशन केनी,सिटी अफ क्ल्यालगरीका मेयर नाहिद नान्सी, अल्बर्टाका लागि नेपालका अनररी कन्सुलेट स्टिभ लगाएतको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा एन आर एन ए क्यानडा का अध्यक्ष गोपी कृष्ण काफ्लेले पनि शुभकामना ब्यक्त गरी पठाउनु भएका पत्रहरु बाचन गरिएको थियो ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv