विरताको कथा ‘रुमालै छ चिनो’ ट्रेलर सार्बजनिक (भिडियो)

काठमाडौं १० पुष । कुनै बेलाको चर्चित गीत ‘रुमालै छ चिनो’को बाट नाम राखिएको चलचित्र ‘रुमालै छ चिनो’ अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र सुशान्त कार्की अप्सना थापा, किशोर खतिवडा, संचिता लुइँटेल, सुरबीर पण्डित, रश्मी भट्ट, मिथिला शर्मा, लक्ष्मण बिक्रम बस्नेत सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारलाई स्थान दिइएको छ ।

गीतकार रेशम थापाले निर्माण गरेको चलचित्रलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन् । चलचित्रले गोर्खाली सैनिकको विरताको कथा बोल्छ। ज्योती फिल्मस्को ब्यानरमा बनेको चलचित्रका निर्माता चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम पाण्डे हुन् । चलचित्रलाइ बिनोद सापकोटाले छायांकन गरेका हुन् भने शिब थारुको सम्पादन रहेको छ । चलचित्र फागुन १० गतेबाट प्रदर्शनमा आउनेछ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv