राष्ट्रपति भण्डारीद्वारा छठपर्वको शुभकामना व्यक्त

काठमाण्डौं,कार्तिक १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठपर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना सन्देश व्यक्त गर्नुभएको हो ।

‘प्रकृतिको पूजा गरिने यस पर्वका माध्यमबाट भौगोलिक, सामाजिक, तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउदैँ राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु’ विज्ञप्तिमा भनिएको छ । 

साथै छठपर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्यगरी न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि सबैलाई प्रेरणा प्रदान होस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv