“सालको पात टपरी हुनी” लोक दोहोरी गीतले इतिहास बनाउदै मनाए १ करोड भन्दा धेरै भ्युज सफलता

काठमाण्डौं १२ पुष । लोकदोहोरी गायक कुलेन्द्र बिश्वकर्माको लोकदोहोरी गीत “सालको पात टपरी” ले १ करोड भन्दा धेरै भ्युज प्राप्त गर्न सफल भएको छ । लोक गीतलाई हेप्नु हुन्न, लोक गीतले पनि ईतिहास कायम गर्न सफल हुन्छ भन्ने उदाहरण पहिला उहीँ खोलीमा पानी र अहिले सालको पात टपरीले युटुबमा डेढ करोड भन्दा बढि हेरिएको हुनाले ईतिहास राख्न सफल भएको हो ।

युटुबमा डेढ करोड भन्दा बढि हेरिएको र वसन्त थापा युटुब च्यानल अधिकारिक भएको उपलक्ष्यमा पुस ११ गते खुसियाली कार्यक्रम सम्पन्न भएको छ । अभ्यास डिजिटलको प्रबन्ध निर्देशक राधा मल्ल थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिष्ट गायक एबम निर्देशक नारायण रायमाझी रहेका थिए । यस गीत मार्फत आएको रकमबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालको भवन निर्माणका लागि रु ५० हजार हस्तान्तरण गरिएको थियो ।

लोकप्रिय गायक एबम चर्चित सङ्गीतकार नरहरी प्रेमिको संचालन रहेको कार्यक्रममा थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा पत्रकार र कलाकारहरुलाई सम्मान गरिएको थियो भने सालको पात टपरी गीत भित्रका टिमलाई रोयल्टी बितरण गर्नुका साथै सम्मान पनि गरिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv