तमु र छिरिङ ले राखे यस्तो किर्तिमान

काठमाण्डौं,मङ्सिर २ । कोरियोग्राफर तथा कन्टेम्पोरेरी डान्सर जेडी तमु र डांसिंग स्टार नेपालका विजेता छिरिङ शेर्पा मिलेर अग्लाे ठाउँमा नृत्य गरेर कीर्तिमान कायम गरेका छन्।

बिहीबार ​सर्बोच्च शिखर सगरमाथाको काखमा पर्ने कालापत्थर,पाँच हजार ६०० मिटर उचाइमा उनिहरूले यो कीर्तिमान कायम गरेका हुन्।

यो शीर्षकमा विश्व कीर्तिमान कायम गर्ने विश्वभरिबाटै पहिलो टोली हो। विभिन्न नेपाली लोक नृत्य समायोजन गरी तीन मिनेट लामो प्रस्तुति गरिएको थियो। नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गरेको बताइएको छ।

नृत्यलाई सरस्वती धिमालले कोरियोग्राफ गरेकी हुन्, जसलाई प्रेम पौडेलले छायांकन गरेका थिए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv