‘महापुरुष’ले १० करोड रुपैयाँ बढी आम्दानी गरेपछि निर्माताले काटे केक

काठमाडौं, मंसिर ११ ।  हरिवंश आचार्य , मदनकृष्ण श्रेष्ठ स्टारर फिल्म ‘महापुरुष’ले १० करोड रुपैयाँ बढीको ग्रस कमाइ गरेको उपलक्षयमा केक काटेर सफलताको खुसीयाली मनाएको छ ।

फिल्मले प्रदर्शनको ३१ औं दिन शनिबारसम्म १० करोड १४ लाख रुपैयाँ कमाएको खुशी बाँड्दै पत्रकार सम्मेलन मार्फत जानकार िगराएको हो । कार्यक्रममा फिल्मका निर्देशक प्रदीप भट्टराईले , ‘फिल्म उद्योग बढ्ने क्रममा रहेको र महापुरुषको सफलताले त्यही संकेत गरेको बताए ।

सो अवसरमा हाल अमेरिकामा रहेका अभिनेता हरिवंश आचार्यले छोरा मोहितवंशमार्फत दर्शकलाई धन्यवाद दिँदै भने ‘बुवा अमेरिका जानै मान्नुभएको थिएन । हलमा चलेको दुई दिनमै उहाँ त्यता लाग्नुभयो । अहिले पनि दैनिक कुरा हुन्छ र आधा विषय महापुरुष नै हुन्छ,’ ।

फिल्मका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले महापुरुषको सफलतामा दर्शकसहित पर्दा पछाडि बसेर साथ दिने प्राविधिकको योगदान रहेको बताए । फिल्ममा हरिवंशसहित गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराइलीको प्रमुख अभिनय छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv