बैतडीमा एक युवतीको हत्या सँगै गएकी अर्की किशोरी पनि गम्भिर घाईते
बैतडी,मङ्सिर १५ । बैतडीमा बुधबार एक युवतीको ह त्या भएको छ । ह त्या गरिएको अवस्थामा युवतीको शव भेटिएको छ भने अर्की एक किशोरी गम्भीर घाइते अवस्थामा भेटिएकी छिन् ।
पञ्चेश्वर गाउँपालिका वडा नं ४ सौलोडाकी २१ वर्षीया माया लुहारको शव भेटिएको हो । मायाको शव आज दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रे टि एको आवस्थामा फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अरू दुईजना साथीहरुसँग मंगलबार बिहान घरबाट निस्किए। लुगा सिलाउन भनेर उनीहरु पञ्चेश्वर गाउँपालिका–३ कुलाउ गएका थिए।
घरबाट कुलाउ पुग्न करिब डेढ घण्टा हिँड्नुपर्छ। माया र नेहाबीच फुपू भदैको नाता छ। उनीहरुसँग बिहानै घरबाट लुगा सिकाउन निस्केका अन्य दुईजना बेलुका घर फर्किए। तर, माया र नेहा फर्किएनन्। कुलाउमै इष्टमित्र रहेकाले उनीहरु त्यतै बसेको परिवारले अनुमान गरे।
तर बिहानसम्म पनि उनीहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गर्न थाले। कुलाउमा रहेका इष्टमित्रलाई सम्पर्क गर्दा पनि उनीहरु नरहेको पाइयो। त्यसपछि परिवार र गाउँले माया र नेहालाई खोज्न जुटे। नेहालाई बुधबार दिउँसो गोठालाले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगामा फेला पारे, त्यो पनि घाइते अवस्थामा। त्यसपछि नेहाले मायाको घाँटी रे टर ह त्या भइसकेको सुनाइन्। गाउँलेले घटनाबारे प्रहरीलाई खबर गरेपछि नेहाले भनेकै ठाउँमा मायाको शव भेटियो।
मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको हो। घाँटी रे टे र ह त्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीको रुद्रघण्टीभन्दा माथि धा रिलो ह तियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी छन् । घाँटीमा धा रिलो ह तियार प्र हा र भएर रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा नेहा फेला परेको निरीक्षक जोशीले जानकारी दिए । थप अनुसन्धानको लागि प्रहरी कार्यालयबाट टोली खटिएको छ।