युनिभर्सिटी र हिमालयन किङ्डम क्वाटरफाइनलमा

काठमाण्डौं,मङ्सिर १६ । युनिभर्सिटी र हिमालयन किङ्डम १५ औं माछापुच्छ्रे – भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

युनिभर्सिटीले नेसनल युनाइटेडलाई २२–१७ ले पराजित ग¥यो । युनिभर्सिटीको जितमा सुरज पास्वानले १० अंक योगदान गरे । जाङ्गु लामाले २० अंक सहयोगमा हिमालयन किङ्डमले पृथ्वीलाई ४५–३४ ले हरायो ।

सिनियर ब्वाइजमै गोल्डेनपिकले काठमाडौं भ्यालीलाई ३८–३४, आयोजक भ्याली पब्लिकले एलआरआईलाई ३७–१९, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले एन्जल्स हार्टलाई २९–१६, ग्रिनल्यान्डले टीआईएलाई ३४–२४ र स्किब्सले एचएचसीएलाई ५६–३३ ले पाखा लगाए । गोल्डेपिकका दिनेश रतलले १७, भ्याली पब्लिकका सुशान चौधरीले ११, बीएनएका सन्देश खड्काले १०, ग्रिनल्यान्डका सुरेश बिसीले १२ र स्किब्सका जोन चौधरीले १६ स्कोर गरे ।

सिनियर गल्र्समा ग्रिनल्यान्डले केभीकेएसएसमाथि १८–१२ को जित निकाल्यो । ग्रिनल्यान्डकी जेनिशा श्रेष्ठले ६ अंक जोडिन् ।
जुनियर ब्वाइजमा बीएनएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १६–१० तथा एन्जल्स हार्टले ग्रिनल्यान्डलाई ३५–२५ ले पन्छाए । बीएनएका निमा शेर्पाले ६ तथा एन्जल्स हार्टका प्रतीक कँडेलले १६ अंक जोडे ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv