अर्गानिक तामाङ शब्दले सझिएको प्रीतम गोलेको “गोजि रि गाँठ मुला” उत्कृष्ट सेलो (भिडियो सहित)

काठमाण्डौं,पुष २८ । पत्रकारिता संगै सांगीतिक क्षेत्रमा पनि पाइला चाल्दै गरेका प्रीतम गोले तामाङको चौथो कोसेली तामाङ सेलो “गोजि रि गाँठ मुला” भिडियो सहित सार्वजनिक भएको छ । तामाङ नेपाल टेलिभिजनका लागि सिन्धुपाल्चोक संवाददाता एवं जन्मभूमि पोष्ट अनलाइन न्युजका अध्यक्ष समेत हुन् । उनको भर्खरै आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेको गितको भिडियो निकै उत्कृष्ट बनेको छ । गितको सांगीतिक पाटो, भिडियोको अभिनय देखि कथा वस्तु समेत राम्रो रहेको छ ।

ठट्यौली विशुद्ध तामाङ शब्दहरु उनैले कोरेका हुन् । उनका अनुसार शब्द राम्रो संग ध्यान दिएर सुने मात्रै गितको मज्जा लिन सक्ने बताउँछन् । त्यसैले पनि सबैमा समय दिएर संगितमा डुब्न उनी सल्लाह अनि आग्रह गर्छन् । प्रीतम भन्छन्, “खासै कतै प्रयोग नभएका अर्गानिक तामाङ शब्दलाई उतारेर गितमा प्रयोग गरेको छु, लाग्छ सबैले भरपुर मनोरञ्जन लिनुहुनेछ।”

पत्रकारिताबाट आफ्नो छुट्टै पहिचान स्थापित गरेका प्रीतमको यस अघिको खान्दोके सेलो “बैलासी थेबा” लाई पनि धेरै श्रोता, दर्शकले मन पराएका छन् । उनलाई यी दुई गितमा गायिका रोस्ना लुङ्बाले साथ दिएकी छ्न् । यस अघिका उनको अन्य गितहरुमा “तारेभुम” “ल्होछारको शुभकामना” पनि भिडियो सहित सार्वजनिक भैसकेका गित हुन् ।

सार्वजनिक गीतमा प्रकाश तामाङ तितुङको संगीत रहेको छ । गीतको संगित संयोजन आगा लामा, मिक्सिङ दिपेश प्रधान र रेकर्डिस्टका रुपमा अर्पण थिङको रहेको छ भनें सरगम स्टुडियोमा रेकर्ड गरेका हुन् ।

भिडियोलाई कृष्ण ब्लोनले निर्देशन गरेका हुन । छायांकन, सम्पादन, कलरिङ र ड्रोन बज्र ङ्यासुरले गरेका छन । उक्त भिडियोमा गायक स्वयम् प्रितम कुमार तामाङ ,सुजल तामाङ, इश्वर लामा, रस्मिला तामाङ र बाल कलाकार आकाश गोले लगायतको अभिनय देख्न सकिन्छ।

भिडियो हेर्न क्लिक गर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv