भिजिविलिटी कम हुँदा आन्तरिक तथा बाह्य दुवै उडान प्रभावित

काठमाण्डौं,माघ ६ । आज बिहानैबाट काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक तथा बाह्य दुवै उडान प्रभावित बनेको छ ।

बिहान काठमाडौंका लागि बाँकेबाट आएको श्री एयरको जहाज झापाको चन्द्रगढी अवतरण भएको छ । त्यस्तै मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको अर्को विमान पनि काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको कोलकत्ता डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थल स्रोतका अनुसार नेपाल एयरलाइन्सको आरए–४१६ विमान मलेशियाबाट काठमाडौंको आएको थियो । तर भिजिविलिटी कम भएपछि अवतरण हुन सकेन । त्यसपछि कोतकत्ता डाइभर्ट गरिएको हो ।

यतिबेला काठमाडौंको भिजिविलिट १६०० मात्रै छ । यसअघि श्री एयसको जहाज अवतरण गर्न खोज्दा १५०० भिजिविलिटी थियो । उक्त जहाज पनि अवतरण हुन नसकेपछि झापा डाइभर्ट गरिएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv