नेपालमा पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलनको आयोजना हुने ( भिडियो सहित )

काठमाण्डौं,माघ ६ । नेपालमा पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलनको आयोजना हुने भएको छ । आज अयोजित पत्रकार सम्मेलनमा नेपाल बिज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानले युके तथा द एसिया फाउन्डेशन सँगको सहकार्यमा आउँदो माघ १० गते उक्त सम्मलेनको आयोजना गर्न लागेको जनाएको छ ।

सम्मेलनकाक्रमा बिज्ञान,प्रविधी र नवप्रवर्तन निती,राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सुचान्क तथा राष्ट्रिय नवप्रवर्तन सुचान्क जस्ता बिश्यमा छलफल हुने छ । यो कार्यक्रमले प्राज्ञिक क्षेत्र,सरकार र सेवा क्षेत्रमा कृयाशिल अभासकर्तालाई एक ठाउँमा ल्याउने छ । देशमा अनुसन्धान र बिकासलाई बढावा दिन,दिगो बिकास लक्ष्य हासिल गर्न,नवप्रवर्तनका प्रतिभाहरुलाई एक स्थानमा ल्याउन तथा उनिहरुको भूमिकालाई बिस्तार गर्न र विश्व नवप्रवर्तन सुचकान्कमा नेपालको स्थान सुधार गर्ने बाटो पहिल्याउन राष्ट्रिय नवप्रवर्तन सम्मेलन आवश्यक रहेको आयोजकले जनाएको छ ।

मुलुकको अर्थतन्त्रको बिकासका लागि आवश्यक क्षेत्रहरु पहिचान तथा उजागर गर्ने कार्यका लागि सम्मेलनले एउटा माध्यमको रुपमा काम गर्ने छ । जसले प्राविधिक जनशक्ती र निती निर्माताहरुलाई एउटै स्थानमा ल्याएर नवप्रवर्तनका लक्ष्य पुरा गर्ने दिशामा बिद्यमान रहेका समस्या पहिचान गरी समाधानअको बाटो समेटा पहिल्याउने आशा गरिएको छ ।

सम्मेलनका क्रममा नवप्रवर्तनको क्षेत्रमा कृयाशिल प्रतिभा प्रदर्शनका साथइ नवप्रवर्तक र लगानी कर्ताहरुलाई प्रोत्साहन गरिने आयोजक कमिटिले जनाएको छ ।

एक दिने सम्मेलनमा भर्चुवल तथा भौतिक उपस्थीती दुबै तरिकाले संचालन हुने जनाएको छ । सम्मेलनका क्रममा प्यानल छलफल, बिज्ञ प्रस्तुती र प्रदर्शनीहरु रहनेछन । त्यस्तै उक्त कार्यक्रमको प्रमुख अतिथीका रुपमा प्रधानमन्त्री पुष्प कमल दाहाल रहने आयोजक कमिटीले पत्रकार सम्मेलनमा बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv