आध्यात्मिक केन्द्रको साधारणसभा सम्पन्न

नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्र(एनसिएससी)को साधारणसभा आइतवार अर्विङमा सम्पन्न भएको छ । सो अवसरमा भर्खर सम्पन्न केन्द्रको निर्वाचनवाट निर्विरोध निर्वाचित सुरेशचन्द्र पोखरेल नेतृत्व कार्यसमितिको पद ग्रहण कार्यक्रम समेत सम्पन्न भएको थियो । अर्विङमा रहेको नेपाली मन्दिरका गतिविधिहरु केन्द्र मातहत संचालन हुदैं आएको छ ।

अध्यक्षमा निर्वाचित पोखरेललाई निर्वतमान अध्यक्ष रमेश पोखरेलले पद हस्तान्तरण गरेका हुन्  । केन्द्रको बोर्ड अफ ट्रष्टीको अध्यक्षमा पुनः विनय अर्याल निर्विरोध निर्वाचित भएका थिए । केन्द्रका कार्यसमितिका अध्यक्ष रमेश पोखरेलको अध्यक्ष्तामा भएको साधारणसभाको अवसरमा वर्तमान अध्यक्ष तथा निर्वतमान महासचिव सुरेश पोखरेलको केन्द्रले गरेका गतिविधि माथि प्रकाश पार्दै आगामी कार्ययोजनाबारे समेत धारणा सहीतको प्रतिवेदन पेश गरेका थिए । यस्तैं, कोषाध्यक्ष छवी चापागाईले कोषाध्यक्षको प्रतिवेदन पेश गर्दै मन्दिरको व्यवस्थापकीय तथा प्रशासन खर्च मासिक १३ हजारको हाराहारीमा रहेको र चन्दा दान लगायतवाट मासिक १५ हजारको हाराहारीमा आर्थिक संकलन हुने गरेको जानकारी दिएका थिए । उनले पेश गरेको प्रतिवेदनमा केन्द्रको नाममा रहेको झण्डैं ९७ हजार डलर लोन तिर्न केन्द्र सफल भएको र हाल खातामा १ लाख २७ हजार डलर रहेको उल्लेख छ । हाल युलेसमा वृहत्तर योजनासहीत नेपाली मन्दिर निर्माणको कार्य अगाडि बढाइएको छ । 

सो साधारणसभामा बोल्दैं बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्याल सबैलाई धन्यवाद दिदैं आगामी दिनमा समेत साथ र सहयोगको मिल्ने विश्वास समेत व्यक्त गरे । त्यस्तैं, नेपाली समाज टेक्ससका महासचिव भक्त भण्डारीले एनसिएससीले गरिरहेको कामको प्रशंसा गर्दै समाज र केन्द्र एक अर्काका सहयोगी रहेको बताउदैं समाजले अगाडि बढाएका काममा केन्द्रको सहयोग रहने विश्वास व्यक्त गर्दै केन्द्रको काम समाजले हातेमालो गर्ने जनाए । यस्तैं नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शका अध्यक्ष मनोज सिग्देलले केन्द्रको कार्यमा च्याम्बर सधैं सहयोगी बन्ने बताउदैं च्याम्वर केन्द्रको संस्थागत बोर्ड अफ ट्रष्टी बन्ने उद्घोष गरेका थिए । केन्द्र कार्यसमितिका अध्यक्ष रमेश पोखरेलले मन्दिर सबैंको साझा थलो भएको बताउदैं सबैंको साथले नैं यहासम्म आउन सकिएको बताए । केन्द्र कार्यसमितिमा निर्वाचित अध्यक्ष सुरेश पोखरेल, उपाध्यक्ष् अच्युत थापा, अर्का उपाध्यक्ष सुदीप अधिकारी, महासचिव छवी चापागाई, सचिव दिनानाथ न्यौपाने, कोषाध्यक्ष् शैलेन्द्र मानन्धर, सहकोषाध्यक्ष् अमोद श्रेष्ठ, कार्यकारी सदस्यहरु भेषराज शिवाकोटी,गगन केसी, हरी अधिकारी र लक्ष्मी अधिकारी तथा बोर्ड अफ ट्रष्टीमा निर्वाचित अध्यक्ष विनय अर्याल, उपाध्यक्ष रविन खनाल, अर्का उपाध्यक्ष् मनोज सिग्देल र सचिव श्रृजना पोखरेललाई निर्वाचन समितिका संयोजक वैकुण्ठ थापा, सदस्यहरु महेन्द्र पौडेल र प्रेम अधिकारी पद तथा गोपनियताको शपथ खुवाउदैं प्रमाणपत्र प्रदान गरेका थिए ।   




Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv