रोज ब्युटी एकेडेमीका २२ औं वार्षिक उत्सब ः विभिन्न ब्यक्ति सम्मानित तथा दिक्षित

काठमाण्डौं , माघ ८ । रोज ब्युटी एकडेमी तथा रोज स्किल डेभलपमेन्ट सेन्टरको २२ औं स्थापना दिवस काठमाडौंमा सम्मान तथा दिक्षान्त सहित विभिन्न कार्यक्रम आयोजना गर्दै मनाईएको छ ।

काठमाडौंको रविभवनमा रहेको यो एकेडेमीको २२ औं वार्षिक उत्सबको बागमती प्रदेशका साँसद बिन्दु श्रेष्ठ, सिटिईभिटीका सदस्य सचिब जीव नारायण काफ्ले, लायन्स डिस्ट्रिक ३२५ एल नेपालका गर्भनर मणीश्री रत्न बज्राचार्यलगायतले पानसमा बत्ति बालेर उद्घाटन गरे ।

भव्य रुपमा आयोजना भएको सो २२ औं वार्षिक उत्सब समारोहमा विभिन्न ब्यक्तिहरुलाई सम्मान गरियो । आ आफ्नो क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरिएको रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारँजितले कार्यक्रममा जानकारी गराईन् ।

कार्यक्रममा बरिष्ट साहित्यकार दुर्गा किरण तिवारी, अभिनेत्री सँचिता लुईटेल, अग्रज गायिका मञ्जु पौडेल, समाजसेवी गणेश शाही, समाजसेवी सृजना नेवा, समाजसेवी इश्वरी खत्री, सौन्दर्यकर्मी सकुन्तला अवाले, समाजसेवी तथा लायन सञ्जय अधिकारी, समाजसेवी तथा व्यबसायी मिलन दाहाललगायत सम्मानित भए ।
रोज ब्युटी एकेडेमीबाट सिटिईभिटीमा ब्युटिसियन कोर्षमा लेवल वान र लेवल टु (डिप्लोमा) गरेका ६० जना ब्युटिसियनहरुलाई कार्यक्रममा टोपी लगाएर प्रमाणपत्र प्रदान गर्दै दिक्षित गरियो । यस्तै रोज ब्युटी एकेडेमीबाट ब्युटिसियन कोर्षमा डिप्लोमा गरेका ६८ जनालाई कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो ।

रोज व्युटी एकेडेमीकी अध्यक्ष एवम् बरिष्ट सौन्दयकर्मी सोनी कारँजितले आफुहरुले २२ वर्ष अघिबाट रोज ब्युटी एकेडेमी सुरु गरेको र हालसम्म १२ हजार ब्युटिसियनलाई ब्युटिसियन सम्बन्धि प्रशिक्षण दिएर आत्मनिर्भर बनाएको बताईन् । बिगतमा रोज ब्युटी पार्लरको रुपमा परिचित आफ्नो सँस्था यसैवर्षबाट रोज ब्युटी एकेडेमीमा परिणत भएको पनि उनले जानकारी गराईन् ।

यस्तै कार्यक्रममा बोल्दै बागमती प्रदेशकी साँसद बिन्दु श्रेष्ठले नेपालमा महिलाहरुलाई व्युटीसम्बन्धि पेशा सिकाई रोजगारी दिएर आर्थिक रुपमा सक्षम बनाउन रोज ब्युटी एकेडेमीको ठुलो योगदान रहेको बताईन् । एकेडेमीले निकै राम्रो काम गरेको भन्दै आगामी दिनमा आफुले पनि एकेडेमीको लागि सहयोग गर्ने उनले जनाईन् । सिटिईभिटीका सदस्य सचिब जीव नारायण काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्दै रोज ब्युटी एकेडेमी अब्बल रहेको र यसले ब्युटी क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको भन्दै २२ औं वार्षित उत्सबको शुभकामना प्रकाट गरे ।

लायन्स डिस्ट्रिक ३२५ एल नेपालका गर्भनर मणीश्री रत्न बज्राचार्यलगायतले लायन क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएकी सोनी कारँजितले नेपाली ब्युटिसियन क्षेत्रमा एउटा फरक इतिहास बनाएको बताए । दिक्षित ब्युटिसियनहरुलाई सर्टिफिकेट प्रदान गरेका थिए ।

कार्यक्रममा रोजका विधार्थीहरुले विभिन्न नाचगान तथा फेशन शो प्रस्तुत गर्दै कार्यक्रमलाई मनोरञ्जन प्रधान तुल्याए । कार्यक्रममा केक काटेर रोज ब्युटी एकेडेमीका अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारँजितको जन्म दिन माउँदै सो वार्षिक उत्सब समारोहसमापन गरिएको थियो ।

बरिष्ट सौन्दर्यकर्मी राज्यश्री श्रेष्ठ, सिटिईभिटीका निर्देशक टैलेन्द्र आचार्य, लायन्स क्लब डिस्ट्रिक २२५ एलका भाईस गर्भनर सुमन भट्ट, एफ डब्लु कोअर्डिनेटर रेश्मा श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघकी बरिष्ट उपाध्यक्ष रेजिना उप्रेती, अभिनेता यसराज गराच, अभिनेता दिक्पाल कार्की, गायक आशिष सचिन गौतम, लायन्स क्लब अफ काठमाडौं अभियानका अध्यक्ष सुन्दर थापा, बरिष्ट सञ्चारकर्मी डब्बु क्षत्री, बरिष्ट सञ्चारकर्मी एवम कोरियोग्राफर जयन सुब्बा मानन्धरसहित विभिन्न अग्रज ब्युटिसियनहरुले कार्यक्रममा कार्यक्रमलाई बिष्णुमाया पौडेलले सञ्चालन गरेकी थिईन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv