नेपाली मुक्केबाजहरु बिजय बाटा र त्रिशा जवेगु सेमिफाइनलमा सिमित 

काठमाण्डौं,माघ १० । थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ काे सेमिफाइनलमा नेपाली मुक्केबाज बिजय बाटा र त्रिशा जवेगु पराजित भएकाछन् ।

महिला तर्फ ७५ केजी ताैल समुहमा त्रिशा जवेगु काजिकिस्तानी एरजन गुल्सायसंग जनवरी २२ तारिखमा अंककाे आधारमा र पुरुष ८६ केजी ताैल समुहका नेपाली मुक्केबाज बिजय बाटा जनवरी २३ मा ईन्डाेनेशियन मुक्केबाज माेसकिता माईकलसंग सेमिफाईनल खेलमा आरएसीकाे आधारमा पराजित भएकाछन् ।

४८ किलो तौल समुहमा भएको सेमिफाईनल खेलमा मंगोलियाका प्रतिद्वन्दि बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै नेपाली मुक्केबाज सुस्मा तामाङ फाईनल प्रबेश गरेकी छिन् । तामाङले क्वाटर फाईनलमा भेतनामकी क्यूनहानलाई ५:० अंककाे आधारमा जित हासिल गरेकी थिईन् ।

नेपालले एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ मा तीन काँस्य पदक जितिसकेकाे छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv