सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रम स्थगित

काठमाण्डौं,माघ १३ । राष्ट्रिय स्वतन्त्र पार्टीले भोलिदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रम स्थगित भएको जनाएको छ।

सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गरेर सबै कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘…मिति २०७९ माघ १४ गतेदेखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरु विशेष परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv