सुष्मालाई शिरीशा फाउन्डेसनको सम्मान

काठमाडौं, माघ १६  गते । शिरीश फाउन्डेनले थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङलाई आइतबार सम्मान गरेको छ ।

फाउन्डेसनकी कोषाध्यक्ष सपना गुरुङले सुष्मालाई नगद २५ हजारसहित एक कार्यक्रमबीच सम्मान गरिन् । फाउन्डेसनले सुष्मालाई नगदसहित प्रशिक्षण सामाग्री, खेल पोशाकलगायतमा सहयोग गर्ने गरी गत भदौदेखि १ वर्षका लागि प्रायोजन गरेको थियो । सुष्माअघि फाउन्डेसनले १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी उसुकी निमा घर्ती मगरलाई प्रायोजन गरेको थियो ।

जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्माले भियतनाम र मंगोलियाका खेलाडी पराजित गर्दै नेपाली बक्सिङमा इतिहास रच्ने क्रममा रजत पक्का गरेकी थिइन् । फाइनलमा भने सुष्मा उज्वेकिस्तानकी खेलाडीसंग चुकिन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv