ह्यारी कि प्यारी आज देखी चलचित्र घरमा
काठमाण्डौं,माघ २० । चलचित्र ह्यारी कि प्यारी आज देखी चलचित्र हलमा प्रदर्शन हुँदै छ । चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ ।
बीआर प्रोडक्सनकको प्रस्तुतीमा बनेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय देख्न सकिन्छ । त्यस्तै नायिका रेखा थापाको विशेष भूमिका रहेको छ ।
डा. कपिल रिजालको प्रश्तुति रहेको चलचित्रमा रिजाल कै कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् ।
दन्त चिकित्सक डा. कपिल रिजालले पहिलो पटक निर्देशनमा डेब्यू गर्दै छन ।
चलचित्रमा हाँस्य बिधालाई प्राथमिकता दिंदै बिवाह प्रसंग सँग गाँसिएको कथा समेटिएको पाईन्छ ।
चलचित्रमा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुसालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सम्पादन अर्जुन जिसीले गरेका हुन् ।