ज्योतिपुञ्जका विद्यार्थीको बिदाई

दाङ, चैत ५ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी कक्षा १० का विद्यार्थीहरुको बिदाई गरेको छ ।

आसन्न एसईई परीक्षा—२०७९ दिएर विद्यालयबाट जादै गरेका १० कक्षाका विद्यार्थीहरुलाई पर्यटकिय एंव धार्मिक स्थल बाह्रकुने दहमा बिषेश कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो ।

ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको सभापतित्व एंव ज्योतिपुञ्ज आवासीय विद्यालय प्रा.लि. का अध्यक्ष हेमराज शर्माको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विद्यार्थीलाई टिका, खादा र मायाको चिनो दिएर विदाई गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.लि. का अध्यक्ष शर्माले विद्यार्थी शिक्षासँर्गै समाजका हरेक क्षेत्रमा अब्बल हुने गरी काम गर्न शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्मा सञ्चालकहरु ध्रुवराज पौडेल, नविनकुमार पाण्डेय र शालिकराम खनाल, विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी, सहायक प्रिन्सिपल पूर्णचन्द्र पाण्डेय, कोर्डिनेटर तुल्सीप्रसाद शर्मा, शिक्षा निर्देशक तुल्सीराम डाँगी, मावि इन्चार्ज बरुण न्यौपाने, ज्योतिपुञ्ज मोडेल इङलिस स्कूलका पिन्सिपल शिव भण्डारी, शिक्षक सीता पोख्रेल विदाई भएर जादै गरेका कक्षा १० का छात्र मनोज पोख्रेल कक्षा ९ कि छात्रा साजवी ढकाल लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरु गीत, नृत्य र कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण कक्षा ९ कि छात्रा स्मृति पाण्डेयले गर्नु भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv