बेनिशा हमालको ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक (भिडियो सहित )

काठमाडौं,चैत ११ । अभिनेत्री बेनिशा हमालको निर्देशकीय ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ । फिल्ममा वर्षा राउत र विवेक सिंह ठकुरीले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।

बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको बताइन् । ‘यो मेरो पहिलो प्रयास हो । पहिलो प्रयासमा आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु ’, बेनिशाले भनिन् । बेनिशाको अभिनय रहेको पछिल्लो फिल्म ‘छक्का पन्जा ४’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । फिल्ममा पत्रकारको भूमिकामा देखिएकी बेनिशाले कामको राम्रै तारिफ पाएकी छन् ।

फिल्म ‘स्वर’बाट अभिनेत्रीका रुपमा डेब्यू गरेकी बेनिशाले त्यसयता झण्डै १४ फिल्ममा अभिनय गरिसकेकी छन् । १२ फिल्मको अभिनय पछि उनले निर्देशनमा ‘डेब्यू’ गरेकी हुन् । यो सर्ट फिल्ममा बेनिशाकै लेखन रहेको छ ।

बेनिशाकै होम प्रोडक्सन मौरी पिक्चर्सको व्यानरमा निर्माण भएको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रविण श्रेष्ठको सम्पादन र कलर करेक्सन, राजेश शाहको भीएफएक्स छ ।

केदार भुषाल कार्यकारी निर्माता रहेको फिल्ममा सन्दीप घिमिरेको मुख्य सहायक निर्देशन, किशोर केसी र सदीक्षा गौतमको सहायक निर्देशन, आशिष पुडासैनीको प्रोडक्सन, नविन अवालको कला निर्देशन छ ।

यो सर्ट फिल्म सिनेमाघर एपबाट मोबाइल, ट्याब्लेट, आइप्याड र विभिन्न स्मार्ट टिभिमा विश्वभर बाट हेर्न सकिन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv