युवा गजलकार शाहीको पहिलो गजल संग्रह “तितामीठापलहरु” बिमोचन

काठमाण्डौं २२ पौष । बाजुराको भुमिमा जन्मिएकी रिता शाही शाह रितुको पहिलो गजल संग्रह विमोचन भएको छ । सप्तरगी साहित्य प्रतिष्ठान काठमाडौंको आयोजनामा युवा गजलकार शाहीको पहिलो गजल संग्रह तितामीठापलहरु बिमोचन गरिएको हो । घट्टेकुलो विकास समाजको सभाहलमा भएको उक्त कार्यक्रममा विभिन्न विधाका साहित्यकार,अधिबक्ता,पत्रकार लगाएतको बाक्लो उपस्थिती रहेको थियो ।

गजल संग्रहको साहित्यकार,लेखक तथा समालोचक हरिभत्त सिग्देलले विमोचन गरेका थिए । शाहीको पहिलो गजल संग्रहमा समाजमा भएका कुरीति कुसंस्कार, राजनैतिक, जनचेतना लगायतका विषयबस्तु समेटिएका छन्। कार्यक्रममा बोल्ने वक्ताहरुले शाहीको लेखन शैलीको प्रशंशा गरेका छन् ।

पुस्तक लेखनका सम्बन्धमा शाहीले पहिलो प्रयास सफल भएकोमा खुसी व्यक्त गर्दै आफुले समाजमा साहित्यकका क्षेत्रबाट नै केही गर्नपर्छ भन्ने कुरामा सफल भएको जनाएकी छिन् । साथै आफ्नो लेखनलाई निरन्तरता दिदैं लगत्तै अर्काे कोसेली प्रकाशन गर्ने प्रतिबद्धता ब्यक्त गररेकी छिन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv