डेनमार्कमा युरोपियन स्तरिय भलिबल प्रतियोगिता हुँदै

डेनमार्क, चैत १८ । प्रवासी नेपाली मंच डेनमार्क (ओ एन एफ) डेनमार्क र नेपाल भलिबल एसोसिएसन को- अर्डिनेशन को संयुक्त आयोजनामा आउदो जुन ४, २०२३ मा कोपेनहेगनमा युरोपस्तरीय भलिबल प्रतियोगिता आयोजना हुदैछ।  बिष्णु स्मृति भलिबल प्रतियोगिताको पछिल्लो संस्करणमा युरोपका विभिन्न देशहरुले सहभागिता जनाउनेछन। युरोपमा छरिएर रहेका नेपाली बीच आपसी भाइचारा, सद्भाव र सम्बन्ध बढाउन यो प्रतियोगिता सफल हुनेछ भन्ने बिश्वाश लिईएको छ।

प्रतियोगितामा प्रथम र दित्तीय हुने टीमले नगद पुरस्कार क्रमश २५०० यूरो, १५०० यूरो का साथै ट्रफी, मेडल, र प्रमाणपत्र पाउनेछन।

प्रतियोगितालाई व्यापक र भब्य रुपमा सफल बनाउन प्रवासी नेपाली मंच र नेपाल भलिबल एसोसिएसन सम्मिलित एक आयोजक कमिटि गठन गरि तयारीको संयोजन भैरहेको कुरा ओ एन एफ डेनमार्क का उपादक्ष्य श्री शिब कार्की ज्युले बताउनु भयो।

डेनमार्कमा आफ्नो जिबनकालमा खेलकुद र सामाजिक रुपमा सक्रिय श्री बिष्णु पौडेलको स्मृतिमा आयोजनामा हुने यस प्रतियोगिताले उहा र उहाको परिवारप्रति सम्मान प्रकट गर्नुको साथै प्रवास मा खेलक्षेत्रको बिकासमा सहयोग पुर्याउने कुरा ओ एन एफ डेनमार्क का अदक्ष्य श्री नरेन्द्र बहादुर बस्नेतले बताउनुभयो।

नेपाल भलिबल संघ डेनमार्क का अधक्ष्य  श्री उमेश न्यौपानेका  अनुसार अहिले प्रतियोगिताको प्राबिधिक पक्ष्यको व्यापक  तयारी  हुदैछ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv