चलचित्र “भो माया लाउँदिन” निर्माण गर्दै म्याक्टेन कालु

काठमाण्डौं २५ पौष । मनसुधा मिडियाको प्रस्तुती चलचित्र भो माया लाउँदिन निर्माण हुने भएको छ । लामो समय देखी चलचित्र निर्माण गर्ने र तेरियालाई समेत चलचित्रमा खेलाउने भन्दै गरेका म्याक्टेन कालुले तेरियालाई चलचित्रमा अनुबन्धित गराउन नसके पछि अन्तत नाम नै परिबर्तन गरेर चलचित्र निर्माण गर्न लागेका हुन् । लभस्टोरी जनराको यस चलचित्रमा ढुण्डीराज कोइराला र म्याक्टेन कालुको संयुक्त लेखन रहने छ ।

चलचित्रमा संगीतकार अर्जुन पोखरेलले संगीतबद्ध गर्ने निर्माता म्याक्टेनले इन्द्रेणी खबरलाई बताएका छन् । लामो समय अघिदेखि चलचित्र निर्माण गर्ने योजना बनाएका र डान्सर तेरिया मगरलाई समेत चलचित्रमा डेब्यु गराउने बताएका म्याक्टेनले विविध कारणले उनलाई समेट्न नसकेपनि अन्ततः नामै परिवर्तन गरि चलचित्र बनाएरै छाड्ने भएका छन् । यसभन्दा अगाडी चलचित्र पटुकी निर्माण गरिसकेका कालु आफूपनि कुशल अभिनयकर्ता तथा गीतकार समेत हुन् । म्याक्टेनकै निर्देशन र लेखनमा बन्न लागेको चलचित्रमा मुख्य भूमिकामा प्रायः नव कलाकारहरुलाई देख्न सकिने म्याक्टेनले बताएका छन टिनएजर्सहरुको माया प्रेमको उतारचढाव समेटिएको चलचित्रमा कालुले आफ्नै सुपुत्र बिर्जन मिजारलाइ लिड हिरोको रुपमा डेब्यु गराउदै छन् ।

यस अघि विभिन्न चलचित्रमा बालकलाकारको भूमिका निर्बाह गरिसकेका बिर्जनको यसमा लिड हिरो भई हिरोइन संग रोमान्स गर्दै छन् । साथै लामो समयदेखि मोडलिङमा छेत्रमा सक्रिय अभि शर्मा पनि यस चलचित्र बाट डेब्यु गर्दैछन र यसै चलचित्रबाट दुइ नव नायिका लक्ष्मी शाही र प्रमिला बि.सिले पनि डेब्यु गर्दैछिन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv