हिजो राती देखि देशका बिभिन्न भागमा वर्षा

काठमाण्डौं,९ माघ । हिजोरातीदेखि देशका बिभिन्न भागमा पानी परिरहेको छ । काठमाडौँ उपत्यकामा अहिले पनि छिटफुट पानी परिरहेको छ । काठमाडौं उपत्यका सहित पश्चिमका अधिकांश क्षेत्रमा शनिवार सम्म वर्षा जारी रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भइ पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावत पश्चिमबाट मध्य हुँदै पूर्वसम्म पुगेकाले देशभर बलदी भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘पश्चिमी क्षेत्रमा सोमबारदेखि नै प्रभाव थियो र पानी परेको थियो । मंगलबार राति पानी पर्ने प्रणालीको प्रभाव मध्य क्षेत्रमा परेको हो । अहिले पूर्वसम्म पनि पुग्दैछ । पूर्वमा अहिले मौसम बदली छ र दिउँसो पानी पर्ने देखिएको छ ।’

यो वर्षको हिउँदमा पूर्वदेखि पश्चिम अर्थात देशका सबै क्षेत्रमा पानी परेको यो पहिलो पटक हो । काठमाडौँ उपत्यकासहित देशभरको मौसम दिनभर सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र पानी पर्ने तथा रोकिने क्रम चलिरहने मौसमविद श्रेष्ठले जानकारी दिए ।

लगातार र ठूलो पानी नपरे पनि मध्यमस्तरको पानी पर्ने र रोकिने क्रम जारी हुने मौसमविदले बताएका छन् । उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv