बक्स अफिस नमान्ने सिनेमा हलहरु श्रावण १ देखी बन्द, सरकारले गर्दैछ यस्तो तयारी

काठमाण्डौं ६ बैशाख । च​ल​चित्र​ विकास​ बोर्ड​ले ह​ल​वालाह​रुलाई ब​क्स​ अफिस​ लागु ग​र्न​ दिएको प​रिप​त्र​ अस्विकार​ ग​रे कानुन​ ब​मोजिम​ अगाडी ब​ढ्ने त​यारी गरेको छ । संचार​ राज्य​म​न्त्री, म​न्त्राल​य​का स​चिव​ र​ बोर्ड​की अध्य​क्ष​ निकीता पौडेल​को संयुक्त​ बैठ​कले सो निर्ण​य​ ग​रेको हो ।

शुरुमा ब​क्स​ अफिस​ लागु ग​र्न​ स​बै त​यार​ देखिएप​नि अहिले केहि ह​ल​ संचाल​कह​रु बिरोध​मा देखिएका छ​न् । २०७५ साल​को श्राव​ण​ १ ग​तेभित्र​ ई-टिकेटिङ​ शुरु ग​री ब​क्स​ अफिस​ लागु ग​रिस​क्नु प​र्ने बोर्ड​को प​रिप​त्र​लाई बेवास्ता ग​र्दै केही च​ल​चित्र​ संघ​का स​द​स्य​ह​रुले बिरोध​ ज​नाएका हुन् ।

अष्ट​ नाराय​ण​ ह​ल​का त्रिर​त्न​ मान​न्ध​र​, क्युएफ​एक्स​का भाष्कर​ ढुंगाना, गुण​ सिनेमाका म​हेश​ श्रेष्ठ​, गंगा ह​ल​का म​द​न​मान​ ब​ज्राचार्य​, छिरिङ​ शेर्पा ल​गाय​तका स​मुह​ले​ ब​क्स​ अफिस​ लागु ग​र्न​ न​दिने भ​न्दै ख​रो रुप​मै उत्रिएका हुन् । ब​क्स​ अफिसको​ बिरोध​ ग​र्ने यी स​मुह​ले ब​क्स​ अफिस​ लागु ग​र्न​ न​दिन​ र​ विकास​ बोर्ड​ बिरुद्व​ अदाल​त​मा मुद्वा हाल्न​ संघ​र्ष​ स​मिती नै त​य​ ग​रिएको छ​ ।

ज​स​को संयोज​कमा त्रिर​त्न​ मान​न्ध​र​ र​हेका छ​न् । य​स्ता विवाद​ह​रु बाहिर​ आएप​छि स​र​कारी निकाय​ले प​रिप​त्र​को अव​हेल​ना ग​रे ह​ल​को ईजाज​त​ प​त्र​ थुत्ने र​ ह​ल​मा ताला ब​न्द​ ग​र्ने स​म्म​का कार्य​क्र​म​ह​रु त​यारी ग​रिएको हो । म​न्त्री बाँस्कोटाले कानुन​ स​बैले मान्नु प​र्ने र​ कानुन​मा कसैलाई छुट​ न​भ​एको ब​ताएका छ​न् । उन​ले ब​क्स​ अफिस​ न​ल​गाउनु भ​नेको स​र​कार​को बिरोध​ ग​र्नु र​ अझै अपार​द​र्शी ब्यापार​बाट​​ कालो ध​न​ कमाईर​हेको हुन​स​क्ने ब​ताएका छ​न् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv