नक्कली सुन देखाई ठगी गर्ने पक्राउ

काठमाडौँ, ७ बैशाख । सुनजस्तो देखिने धातुलाई सुन हो भनी ठगी गर्ने भक्तपुर सल्लाघारी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–७ का ३० बर्षीय अजय तामाङ र २५ बर्षीय बिष्णु मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले मंगलबार तामाङलाई कोटेश्वरबाट र मोक्तानलाई स्वयम्भू बनस्थली मार्गबाट पक्राउ गरेको हो ।
उनीहरुले गत पुस २३ गते भक्तपुर सूर्यबिनायक बस्ने काभ्रे बनेपा नगरपालिका–७ का राजेन्द्र थापालाई नागर्जुन नगरपालिका–६ सेतो गुम्बा जाने बाटोमा १ केजी सुन जस्तो देखिने धातुलाई सुन हो भनी विश्वास दिलाई सस्तोमा दिन्छु भनी २८ लाख ६० हजार रुपैयाँ ठगी गरी फरार भएका थिए ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । ( श्रोत:- समाचार नेपाल प्रहरी फेसबुक )



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv