लमजुङ कलाकार संघको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

लमजुङ कलाकार संघको दोस्रो बार्षिक साधारण सभा बिबिध सांकृतिक कार्यक्रम र लमजुङका अग्रज कलाकारहरूलाई सम्मान गरेर काठमाण्डौमा सम्पन्न भएको छ ।
प्रमुख अतिथी लमजुङका प्रतिनिधी सभा सदस्य देव गुरूङले ‌‌‌‌‌‌‌‌लमजुङका वरिष्ठ कलाकारहरूलाइ सम्मान गर्नु भयो ।
लमजुङका वरिष्ठ कलाकारहरू कृष्ण सुध‌‌ा ढुगाना,विमा कुमारी दुरा,कृष्ण गुरूङ,राजु परियार,गोविन्द गुरूङ्,गणेश पाण्डे लाइ सम्मान गर्नुका साथै संस्थामा विशेष सहयोग गर्नु भएका व्यक्तिहरू र नव गायकहरूलाइ प्रसंसापत्र प्रदान गरियो ।
लमजुङका दुइ दर्जन भन्दा बढि कलाकारहरू मान्डवी त्रिपाठी,संझना भण्डारी , सुनिता अधिकारी ,सर्मिला थापा,प्रकास न्यौपाने, प्रिया श्रेष्ठ,लालबाबु धिताल,बाल गायक आर्जन खनाल आदीले गीत गाएर कार्यक्रममा रमाइलो नाचगान भएको थियो । सबैतिरको संगम रहेको उक्त कार्यक्रममा अन्य स्थानबाट आउनु भएका अतिथीहरूले हौसला थप्नु भएको थियो ।
लमजुङका वरिष्ठ गायक कृष्णसुधा ढुंगानाले आफूलाइ विर्सिइ सकेको भनेर सोच्दै गर्दा लमजुङ कलाकार संघले संझेकोमा गीत गाएर खुसी व्यक्त गर्नु ‌‌‌‌‌‌‌‌‌‌‌‌भयो ।
सम्मानित क‌लाकार राजु परियारले मीठा गीत गाएर घले गाउको याद गरा‌‌‌‌‌‌‌‌इदिनु भयो ।
कार्यक्रममा कलाकार ,पत्रकारहरूको बाक्लो उपस्थिती रहेको थियो ।
साथै राजनितीकर्मीको पनि उपपस्थिती रहेको थियो ।
नेपाली काँग्रेसका नेता बिष्णु धितालले सरकारले र काँग्रेसले पनि विपी र गिरीजा कोइरालाले देखाएको मेलमिलापको बाटो पहिल्याउनु पर्ने बारे जोड दिनु भयो ।
लमजुङकी पत्रकार स्वस्तिका चिलवाल,लमजुङ कलाकार समाज यूएइका समयोजक कृष्ण बराल,शान्ता सुवेदी,ने.का सम्पर्क समितीका मधु बराल, पोखराबाट आउनु भएका साहित्यकार,पत्रकार बद्रीविनोद प्रतिक ,गोंगवु साहित्य प्रतिष्ठानका अध्यक्ष द्वारिका कुइकेल,तारा केसी,सिता विष्ट कार्की,बागलुङका गायक टेकेन्द्र बोहोरा, दिर्घायु इन्टरप्राइजेजका कुमारी लामा अतिथीको रूपमा आउनु भएको थियो ।
कार्यक्रममा सवागत गर्दै लमजुङ कलाकार संघकी सचिव अन्जना पौडेलले लमजुङका कलाकार र लमजुङको गीत,संस्कृति जोगाउन यो संस्था स्थापना गरिएको बताउनु भयो । सह-सचिव आस्रम गुरूङले संचालन गरेको उक्त कार्यक्रम लमजुङ कलाकार संघका अध्यक्ष सुवास कुवरको सभापतित्वमा सम्पन्न भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv