भूमिहीन भएकाले दशगजामा बस्दै मुसहर समुदाय

महोत्तरी, २० माघ । जिल्लाको मनरा सिस्वा नगरपालिका, १० मधवा र बथनाहाका मुसहरका समुदायका ४० घर परिवारको आर्थिक अवस्सथा निकै दयनीय छ । लामो समयदेखि दशगजा (नो म्यान्स ल्यान्ड)मा बस्दै आएका उनीहरु विद्युत, खानेपानी, शौचालयलगायतका सुविधाबाट वञ्चित छन् ।

दशगजा बसेकै कारण उनीहरुले राज्यबाट प्राप्त हुने सेवासुविधा पाउन सकिरहेका छैनन् । नेपाल सरकारले पनि मुसहर समुदायबारे कुनै चासो देखाएको छैन ।

भूमिहीन भएकैले नै दशगजामा बसोवास: अन्तर्राष्ट्रिय नियमअनुसार कुनै पनि देशका नागरिक दशगजामा बस्न पाउँदैनन् । दशगजामा कुनै पनि निर्माण कार्य गर्न पाइदैन् ।

आफूहरु भूमिहीन भएकैले दशगजामा बस्नु परेको लोकेन्द्र सदाले बताए । दशगजामा बसेकै कारण विद्युत जडान वा शौचालय निर्माण गर्न नमिल्ने भएकाले मुसहरको जीवनशैलीमा परिर्वतन आउन नसकेको उनको भनाई छ । यो समाचार रञ्जन भण्डारीले नयाँ पत्रिकामा लेखेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv