निसान घिमिरे ‘कस्यप’को डेब्यु निर्देशनमा चलचित्र ‘परी’ बन्ने

काठमाण्डौं, माघ २८ । चर्चित म्युजिक भिडियो सम्पादक तथा निर्देशक निसान घिमिरे ‘कस्यप’को डेब्यु निर्देशनमा नयाँ चलचित्र ‘परी’ बन्ने भएको छ । सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा निर्माण टिमले चलचित्र ‘परी’ बनाउने घोषणा गरेको हो ।

दर्जनौं म्युजिक भिडियो सम्पादन तथा निर्देशन गरेर नाम कमाएका घिमिरेले फरक कथा बस्तुमा ‘परी’ चलचित्र बन्ने कुरामा ढुक्क रहेको बताएका छन ।
चलचित्र ‘परी’ मा कलाकार बिपिन कार्की, मोडल शृष्टी खड्काको प्रमुख भूमिका रहनेछ । मोडेल खड्का भने यो चलचित्रबाट डेब्यु गर्दैछिन । यस चलचित्रलाई रुपेश मान अमात्यले निर्माण गर्न लागेका हुन् ।

आगामी वैशाख देखी सुटिङ हुने र सुटिङ अवधी ४० दिन रहने निर्माण टिमले कार्यक्रममा जानकारी दियो । नेपाल र भारतको गुजरातमा छायान्कन हुने चलचित्रलाई पुरुषोत्तम प्रधानले छायान्कन गर्ने भएका छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv