‘मलाई मेरै नेपाली’ भन्दै मरुनीमा छमछम नाचिन बुनु

काठमाडौं ४ फागुन । गायिका बुनु श्रेष्ठको मारुनी ‘मलाई मेरै नेपाली’बोलको गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर गीत सार्वजनिक गरिएको हो। मारुनी गीत ‘मलाई मेरै नेपाली’बोलको गीतमा प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको छ भने गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन्।

भिडियोमा नेपाली मौलिकता झल्कने नृत्य तथा दृष्यहरु छायाँकन गरिएको छ । लोप हुँदै गएको नेपाली कला संस्कृतिको जगेर्नामा केहि योगदान पुग्नेमा आशावादी रहेको बताउँछिन गायिका श्रेष्ठ भने गीतका रचनाकार तथा संगीतकार प्रमोद कोईराला उक्त गीत आफ्नो सांगितिक यात्राका लागि महत्वपूर्ण भएको बताउँछन्।

करिब १२ वर्षको अन्तरालपछि नेपाली संगीत क्षेत्रमा फर्किएकी गायिका श्रेष्ठ पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ नयाँ गीतहरु सार्वजनिक गर्दैछिन्। उनले यसअघि मात्रै ‘छ कि छैन’, ‘भगवान मेरो–प्रायश्चित’ लगायतका गीतहरु सार्वजनिक गरिसकेकी छिन्।

पशुपति श्रेष्ठको छायाँकन तथा निर्देशनमा निर्माण भएको भिडियोमा मोडल साक्षी लम्साल, क्रिस्टिना केसी, गरिमा र आयुष्मान राजभण्डारी फिचरिङ छन्। बिनोद रञ्जितको कोरियोग्राफी रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्।

गायिका बुनु श्रेष्ठको आफ्नै स्टुडियो साउण्ड मिलमा रेकर्ड भएको गीतलाई उनकै श्रीमान् महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv