महानायक राजेश हमाललाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान

काठमाडौं, ४ फागुन । महानायक राजेश हमाल ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’को ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान गरिएको छ ।

शनिबार काठमाडौंको होटल र्‍याडिशनमा बज्रकिल्या प्रोडक्शनले आयोजना गरेको ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कार्यक्रमका बीच महानायक राजेश हमाल,पत्रकार ऋषी धमला लाई फिलिपिन्सकी राजकुमारी हर हाईनेस मारिया लियोनोरा टोरेशले उक्त अवार्ड प्रदान गरेकी हुन् । शान्ति तथा मानवताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हमाल र धमलालाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

उक्त सम्मेलनमा माईकल ज्याक्शन फाउण्डेशन, नेल्शन मण्डेला फाउण्डेशन र उहाँहरुको परिवारसँग निकट रहि एडभेन्चर ह्युमानिटी नामक संस्था सञ्चालन गर्दै आएको र क्यान्स फिल्म फेस्टिभल फ्रान्सको अन्तर्राष्ट्रिय संयोजक रिचर्ड निल्शन, स्वर्गीय माईकल ज्याक्शनका अर्को अवतार भनि प्रसिद्धि कमाएका अन्तर्राष्ट्रिय कलाकार मासाकी माईकल, कम्बोडियाका प्रधानमन्त्रीका सल्लाहकार डा. साम दराथलगायतको सहभागिता रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv