फागुन ७ गते सरकार विरुद्ध राप्रपाको अन्दोलन घोषणा

काठमाण्डौं,फागुन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न माग राख्दै सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले सरकारविरुद्ध अन्दोलनको घोषणा गरेको हो । राप्रपाले हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि भन्दै फागुन ७ गते प्रजातान्त्र दिवसको अवसर पारेर आन्दोलन गर्ने घोषणा गरेको छ।

राप्रपाले विभिन्न २२ सूत्रीय माग राखेको छ। पछिल्लो १२ वर्षयता गठन भएका सरकारहरू देशमा आएको नीति र व्यवस्थाका कारण भएको भन्दै यो व्यवस्था नै खारेज गर्नुपर्ने अध्यक्ष कमल थापाले माग गरे ।

पछिल्ला सरकारहरू पटकपटक असफल भएका छन् । यो नीति र व्यवस्थामा नै खोट छ, उनले भने देशमा यत्रो परिवर्तन भयो तर जनताले अनुभूत गर्न पाएनन्। देशमा शान्ति र सुशासन आएन ।

राप्रपाले संविधानमा भएको धर्मनिरपेक्ष खारेज गर्नुपर्ने र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दूराज्य राख्न माग गरेको छ। यस्तै, सबै दललाई समेट्ने प्रजातन्त्रसहितको राजसंस्थाको पनि माग गरेको छ। राप्रपाले संविधानकाबारेमा जनमत संग्रह गर्नुपर्ने मागसमेत गरेको छ। राप्रपाले धर्म परिवर्तन रोक्न, भ्रष्टाचार नियन्त्रण, बुढीगण्डकी नेपाललाई बनाउन दिनुपर्ने, महँगी नियन्त्रणलगायत माग गरेको छ । नागरिक दैनिकमा खबर छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv