हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारी सहित सात जनाको निधन

काठमाडौँ, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित हेलिकप्टरमा सवार सबैको निधन भएको छ ।

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को तारेभिरमा हेलिकोप्टर दुर्घटना भएको हो ।
हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणका विरेन्द्र भोचिभैया, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन कुमार घिमिरे र क्याप्टेन प्रभाकर केसी थिए । यसै गरी ताप्लेजुङमा दुर्घटना भएको विषयमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको छ ।

मन्त्रिपरिषदको आकस्मिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिहरेको छ। दुर्घटनाको खबर आएलगत्तै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको थियो।

त्यसलगत्तै सरकारले नेपाली सेनाको उद्धार टोली त्यसतर्फ पठाउन निर्देशन दिएको थियो। तर त्यहाँ हेलिकप्टर ल्याण्ड गर्न सकेको छैन। आवश्यक निर्णयका लागि मन्त्रीपरिषद् बैठक बसेको छ। बैठकमा प्रधानमन्त्री केपी ओलीले दुर्घटनाबारे आधिकारिक जानकारी दिएका छन्।

सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटारमा छन। प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीबीच दुर्घटनाबारे छलफल भएको थियो।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv