मन्त्री सहित ७ जनाको शव शिक्षण अस्पतालमा (भिडियो सहित )

काठमाण्डौ, १६ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र प्रसाद अधिकारी लगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएकाहरूको त्रिभुवन विमानस्थलबाट सबैको शव पोस्टमर्टम र परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

ताप्लेजुङको सुकेटार विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरले सातै जनाको शव काठमाण्डौ ल्याएको हो । बुधवार र विहिवार गरेर घटनास्थलवाट सातै जनाको शव सुकेटार विमानस्थल ल्याइएको थियो ।

बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv