अस्पातल शुत्र भन्छ :अनलाइनमा आएका समाचार भ्रमित हुन,नेकपा का नेता तथा पुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी को निधन भएकै छैन
काठमाण्डौं,फागुन १८ । अस्पातल शुत्र भन्छ पुर्व उपप्रधान तथा अर्थमन्त्री अझै आइ सी यु मा नै हुनुहुन्छ । वहाँलाई पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचन्डले भेट्नु भयो । वहाँको निधन भएको आधिकारीक घोषणा भएकै छैन । अनलाइनमा आएका समाचार भ्रमित हुन ।
अधिकारीलाई भेट्न नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीद्वय लालबाबु पण्डित तथा गोकर्ण बिष्ट ह्याम्स अस्पताल पुगेका थिए ।
निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा उपचार गराइरहेका छन् । सुरुमा उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
मेडिसिटीमा एकमहिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गत माघ २४ गते अधिकारीलाई ह्याम्स अस्पतालमा रिफर गरिएको थियो । उनको अवस्था अत्यन्तै गम्भीर रहेको अस्पतालले जनाएको छ ।