राप्रपाले आफ्नो अधिकारिक वेभसाईड परिमार्जन गर्ने

काठमाण्डौ १४ बैशाख । राप्रपाले आफ्नो अधिकारिक वेभसाईड परिमार्जन गर्ने भएको छ । प्रमुख अतिथि अध्यक्ष थापाले केही समय भित्रै पार्टीलाई प्रभावकारी तथा युवा मैत्री वनाउने र सवै जिल्ला तहका नेता तथा कार्यकर्ताहरूलाई आईटी सम्वन्धी प्रशिक्षण दिने वताउनु भयो । पार्टी प्रवास विभागद्वारा आयोजित सम्पन्न छलफलका क्रममा उक्त कुरा बताउनु भएको हो ।

उक्त छलफलमा प्रवास विभागको सदस्य तथा युवा ईन्जिनियर रोजेश रिजाल र फ्रेन्च आई टि विज्ञ ई. राफेल सम्मिलित टोलिले पार्टीलाई प्रभावकारी वनाउन नयाँ वेभ साईडको डिजाईन र स्मार्ट पार्टीको विषयमा धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रवास विभाग प्रमुख तथा केन्द्रीय सदस्य विजय खडकाले स्वागत तथा कार्यक्रम को उदेश्य वारे प्रकाश पार्नु भएको थियो । उक्त अवसरमा महामन्त्री जयन्त चन्द,प्रवक्ता भुवन पाठक सहायक महामन्त्री राजाराम वर्तौला,युवा नेता ऋषिराज देवकोटा लगाएत विभागका सदस्यहरूको उपस्थिति रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv